News अपराध सुरक्षा

काठ तस्करी गर्ने क्रममा ५ जना पक्राउ

काठ तस्करी गर्ने क्रममा ५ जना पक्राउ

काठमाडाैं । झापामा काठ तस्करी गर्ने क्रममा ५ जना पक्राउ परेका छन् । झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर काठ तस्करी गरी भारत लैजाने क्रममा इलाका प्रहरी कार्यालय सुरङ्गाले पाँच जनालाई पक्राउ गरिएको जनाएको छ ।

 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय शंकर कार्की, २६ वर्षीय धमेन्द्र साह, ३३ वर्षीय रमेश सिटौला, ४३ वर्षीय ताला हास्दा र ३९ वर्षीय भुवन दाहाल रहेका छन् । रहेको प्रहरी नायब निरीक्षक कार्कीले जानकारी दिए ।  कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको काठ राखेर बुधबार राति भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्रेको हो ।

 

 पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला वन कार्यालय झापामा बुझाइएको छ भने बरामद काठलाई सेक्टर वन कार्यालय सुरुङ्गामा राखिएको छ । 

 

कनकाई नदीमा बर्खाको समयमा बाँसको चाली र ट्युबको मद्दतबाट भारततर्फ काठ तस्करी हुने गरेको छ । नेपालको वनबाट काठ चोरी निकासी हुन थालेपछि निगरानी बढाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।  
 

झापा काठ तस्करी

विशेष