News Technology

विराटनगरका जनताले पाउन थाले पाइपबाटै ग्यास

विराटनगरका जनताले पाउन थाले पाइपबाटै ग्यास

काठमाडाैं । विराटनगर—१४ का ३७ घर परिवारले पाईप लाईनबाट आएको ग्यास शनिबारबाट उपभोग गर्ने भएका छन् । नेपालमै पहिलो पटक सानो आकारबाट सुरू गरिएको यो प्रविद्यिलाई विस्तार गरेर वृहत रूपमा लैजाने तयारी भइरहेको छ ।

 

राजनीतिक अस्थिरताका कारण विभिन्न समयमा हुने बन्द , हडतालले ग्यास अभाव महशुस गरिरहेका उपभोक्ताहरूलाई यो प्रविधिले राहतको महशुस गराउने विश्वास छ । एशियाली विकास बंैकको वैैकल्पिक उर्जा कार्यक्रम अन्र्तगत पाईलट प्राजेक्टको रूपमा सरू हुन लागेको यो कार्यक्रमको लोकप्रियता हेरी वृहत बनाउने सोचाई छ । पहिलो चरणमा १ किलो मिटर ग्यास पाईप विस्तार गरिएको छ ।बैकल्पिक उर्जा कार्यक्रमका इन्जिनिरयर ज्ञानेन्द्र सिंहले पहिलो चरणमा ३७ घरमा पाईपबाट ग्यास वितरण गरिएको बताए ।

 

श्रीकृष्ण गौशालामा रहेका २ सय ५ गाईले उत्पादन गरेको गोवरबाट ग्यास वितरण गरिँदैछ । चौविसै घन्टा ग्यास उपलब्ध गराउने गरी २ सय घन मिटरको प्लान्ट निर्माण गरिएको छ । प्लान्ट निर्माणको लागी आउने कुल ८४ लाख खर्च मध्ये एशियाली विकास बैंैकले ८० प्रतिसत व्यहोरेको छ । गौशालाबाट उत्पादन हुने ग्यासले १ सय घर परिवारलाई सहजै धान्न सक्ने छ । घरमा खपत भएको ग्यासको आधारमा महशूल लिने समवन्धमा साउन १२ गते बस्ने व्यवस्थापन समितिले निर्णय लिने सिंहले बताए । यसको लागी ग्यास उपभोग गर्ने घरमा मिटर जडान गरिएको छ ।

 

बजारमा बिक्री हुने ग्यासको तुलनामा यो निक्कै सस्तो हुने उनको भनाई छ । बजारमा पाईने ग्यास प्रति केजी ९० रूपैया छ तर गोवर ग्यास ७० देखी ८० रूपैया मात्र पर्न आउछ ।मोरङ कारागारमा पनि शौचालयबाट उत्पादन हुने मललाई ग्यासमा प्रयोग गरी कैदीबन्दीलाई सुविधा दिएको छ । 
 

विराटनगर पाइप ग्यास

विशेष