एउटै बुँदाले अड्कियो सहमति
सरकार र डा.गाेविन्द केसीबिच अन्य बुँदामा सहमति भएपनि एउटै बुँदाले सहमति अड्किएको छ ।
१० वर्षे आशय पत्र नदिन दुबै पक्ष सहमत भएपनि प्रतिबन्ध लगाउन सरकार तयार नदेखिएकाले सहमति पूर्ण रुपमा नजुटेको हो । सहमति नजुटेसँगै आजपनि डा. केसीले अनसन नतोड्ने भएका छन् ।
केसीको वार्ता टोलीले पत्रकार सम्मेलन गर्दै केसीले अनशन नतोड्ने जानकारी गराएको हो ।