News समाज देश

३२ जिल्लाका सिडियोको सरुवा

३२ जिल्लाका सिडियोको सरुवा

काठमाडौं । सरकारले ३२ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहसचिवहरुको सरुवा गरेको छ । बुधबार साँझ गृह मन्त्रालयले सिडिओ र सहसचिवहरुको सरुवा गरेको हो ।

 

मन्त्रालयले ३८ किलो क्विन्टल सुन तस्करीको छानबिन गर्न गठित विशेष अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभागमा पठाएको छ ।

 

यस्तै काठमाडौंका सिडिओ केदारनाथ शर्माको पनि सरुवा भएको छ । शर्मालाई गृह मन्त्रालय सरुवा गरिएको छ । काठमाडौंमा रामप्रसाद आचार्यलाई ल्याइएको छ ।

 

त्यस्तै ललितपुरमा प्रेमराज जोशी, कास्कीमा चक्रबहादुर बुढा, कपिलवस्तुमा अर्जुन पोखरेल, मोरङमा रमेश केसी, बा“ँकेमा मदन भुजेल, सिन्धुपाल्चोकमा कृष्णप्रसाद अधिकारीको सरुवा गरिएको छ ।

 

त्यसैगरी जनकराज पन्त चितवन, लक्ष्मीदेवी हुमांगाई तेह्रथुम, चन्द्रबहादुर कार्र्की कालीकोट र सिद्धराज जोशी सहायक जिल्ला प्रशासन अधिकारीका रुपमा मकवानपुरमा सरुवा गरिएको छ । गृहले उपसचिवको पनि सरुवा गरेको छ । - नेपाल समाचारपत्रबाट ।

प्रमुख जिल्ला अधिकारी सरुवा

विशेष