News समाज देश

सरकार र डा. केसी पक्षबीच पुनः वार्ता सुरु, सहमति हुन सक्ने सम्भावना

सरकार र डा. केसी पक्षबीच पुनः वार्ता सुरु, सहमति हुन सक्ने सम्भावना


काठमाडाैं । सरकार र डा. केसी पक्षबीच पुनः वार्ता सुरु भएको छ । डा. केसीले उठाएका माग सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा बिधेयकमा संशोधन गर्न सरकार तयार भएपछि सहमति हुन लागेको हो । बुधबार दिउँसो भएको वार्ता सहमती हुन नसकेपछि स्थगित भइ साँझ बसेको थियो । साँझपनि सहमति जुट्न नसकेपछि  वार्ता निष्कर्षविहीन भई रोकिएको थियो ।

 

प्रधानमन्त्री र केसी पक्षबीच बुधबार साँझदेखि भएको अनौपचारिक वार्ताले दुबै पक्षलाई सहमति नजिक पु¥याएको छ । दुई पक्षबीच आजै लिखित सम्झौता हुने सम्भावना रहेको केसी पक्षको स्रोतले बताएका छन् ।

 

सिंहदरबारमा अहिले साढे दुई बजेदेखि हुने भनिएको वार्तामा गोविन्द केसीको अनसन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।आज सरकार पक्ष र डा. केसी पक्षबीच सहमती भएमा २७ दिनको अनशन तोड्ने स्रोतले बताएको छ । 
 

सरकार डा. केसी

विशेष