News राजनीति

नेता नेपाल कम्बोडिया प्रस्थान

नेता नेपाल कम्बोडिया प्रस्थान

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल आज कम्बोडिया प्रस्थान गरेका छन् ।

 

कम्बोडियामा यही साउन १५ गते हुन गइरहेको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उनी कम्बोडिया गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दिए ।नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र नेपाली काँग्रेसका नेत्री तथा सांसद सुजाता कोइरालासमेत गएका छन् ।

 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ननेता नेपाल ‘सेन्ट्रिस्ट् एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेशनल’को उपाध्यक्ष समेत रहेका छन् ।  उनी त्यहाँ रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिए ।

 

नेता नेपाल साउन १८ गते स्वदेश फकर्दैैँ छन् । 
 

नेपाल कम्युनिष्ट पार्टी माधवकुमार नेपाल

विशेष