News स्वास्थ्य देश

डा. केसीको उपचारका लागि चिकित्सक टोली गठन

डा. केसीको उपचारका लागि चिकित्सक टोली गठन

काठमाडाैं । डा. गोविन्द केसीको उपचारका लागि उपचारका लागि चिकित्सक टोली गठन भएको छ । विगत २७ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था सुधारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको हो । 

 

सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेको छ ।शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् ।

 

 स्वास्थ्य उपचार टोलीमा सहप्राध्यापक डा. सुवास आचार्य, प्रा. डा प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली उप(प्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा सदस्य रहेका छन् ।

 

डा. केसीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन तथा स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय तथा सहकार्य गर्न अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राध्यापक मन्दिरा वन्तले बिहीबार नै  निर्देशन गरेकी छिन् । 
 

चिकित्सक टोली सामान्य चिकित्सा विभाग

विशेष