News देश

चिकित्सा शिक्षा विधेयक संसदमा पेश

चिकित्सा शिक्षा विधेयक  संसदमा पेश

काठमाडाैं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसदमा पेश भएको छ । बिहिबार साँझ डा. केसी र सरकार बीच सहमति भई हस्ताक्षर भएपछि संशोधनको लागि संसदमा पेश भएको हो ।

 

डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै १५ पटक २७ दिने अनशन बसेका थिए । सरकार र केसीबिच सहमति भएपछि उनले गएराति अनशन तोडेका थिए । डा. केसीसँग भएको सहमति १२ घण्टे समयावधिमा समेटिने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । प्रतीपक्षी दल कांग्रेसले शुक्रबार डाक्टर केसीसँग भएको सहमति पढेर सुनाउनुपर्ने भन्दै संसद अवरुद्व गरेको थियो ।

 

सरकारले संसोधन सहित विधेयक ल्याउने जानकारी दिएपछि कांग्रेसले शुक्रबारको संसद चल्न दिएको हो ।सरकारले ल्याउन लागेको विधेयकमाथि विरोध जनाउदै कांग्रेस सांसद गगन थापाले दर्ता गराएको विरोधको प्रस्ताव पनि उनले शुक्रबारको संसद बैठकमा फिर्ता लिएको घोषणा गरेका छन्।

 

विधेयक पेश भएपछि अब त्यसमाथि सैद्धान्तिक छलफल हुनेछ र संशोधनका लागि ७२ घण्टाको समय दिइने तयारी हरेको छ ।


 

चिकित्सा शिक्षा विधेयक संसद

विशेष