काठमाडौंका ३६ वटा जिल्ला कार्यालय खारेजी

काठमाडाै । काठमाडौंका ३६ वटा जिल्ला कार्यालय खारेजी भएका छन् ।
जिल्ला प्रशासन, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रण कार्यालय, सरकारी वकिलको कार्यालय, नापी तथा मालपोत, जिल्ला निर्वाचनबाहेकका कार्यालय खारेज खारेज भएका काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार संविधानअनुसार ती कार्यालयबाट हुने काम स्थानीय तहले गर्ने भएकोले खारेज भएको बताए ।
मुलुक संघीयतामा गइसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १ गतेदेखि संविधान अनुसार ती कार्यालयबाट भइरहेको काम स्थानीय तहले गर्ने भएकोले खारेज गरिएको हो ।शिक्षा, जनस्वास्थ्य, कृषि, वन,, भूमि लगायतका ३६ वटा कार्यालय खारेजमा परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले अहिले खारेजमा परेका कार्यालयको भौतिक संरचना र कर्मचारीको व्यवस्थापन असोज मसान्तसम्म गरिने जानकारी गराए ।
खारेज भएका कार्यालयका भौतिक संरचना र कर्मचारी स्थानीय तहमा जाने पनि उनले बताए । काठमाडौंमा ११ स्थानीय तह रहेका छन् ।