News देश

तुलसीपुरको समस्या समाधानका लागि आवश्यक पहल गर्छु : प्रम

तुलसीपुरको समस्या समाधानका लागि आवश्यक पहल गर्छु : प्रम

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीपुर विमानस्थल सञ्चालनका लागि सम्वन्धित मन्त्रालयबाट जानकारी लिने बताएका छन् । 

 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी तुलसीपुरका विभिन्न समस्या राखेपछि उनले तुलसीपुरको समस्याबाट आफू परिचित रहेकाले आवश्यक पहल गरिने प्रतिबद्धता जनाए । 

 

सो अवसरमा नगरप्रमुख पाण्डेले विमानस्थल सञ्चालन तथा स्थानीय तहमा कर्मचारी र नेपाल संस्कृत विश्वविद्यालयको व्यवस्थापन, तुलसीपुरमा वृहत् लगानीका योजना सञ्चालनका विषयमा कुरा राखेका छन् ।

 

नगरप्रमुख पाण्डेले कानुनको अभावमा स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेकाले तत्काल कानुनी अड्चन फुकाउने तर्फ अगाडि बढ्न आग्रहसमेत गरे । रासस

प्रधानमन्त्री केपी शर्मा ओली तुलसीपुर

विशेष