News देश

राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन  पेश


 काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल सरकारको आर्थिक वर्ष २०७३र७४ को वार्षिक प्रतिवेदन बुझाएका छन् । शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा भएको कार्यक्रममा प्रधानमन्त्री शर्मा ओलीले बार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् ।

 

नेपालको संविधानको धारा ५३ मा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा त्यस्तो प्रतिवेदन संघीय संसद्मा पेश गर्ने व्यवस्था छ ।

 

 राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रपति कार्यालयका सचिवको उपश्थिति थियो । 

वार्षिक प्रतिवेदन  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारी

विशेष