News अपराध सुरक्षा

पेस्तोल र गोलीसहित एक भारतीय पक्राउ

पेस्तोल र गोलीसहित एक भारतीय  पक्राउ

काठमाडाैं । पेस्तोल र तीन थान  गोलीसहित  एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत सितामढी बथनाहा महुअवाग्राम–५ का ११८ वर्षि जितेन्द्रकुमार रायलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको हो ।

 

प्रहरीले पेस्तोल र गोलीसँगै बीआर०६एक्यु १३४९ नम्बरको अपाचे मोटरसाइकल पनि बराबद गरेको छ । रायलाई सम्सी गाउँपालिका–२ स्थित सम्सी बजार हुँदै पर्सागाउँ जाने कच्ची सडकबाट हतियारसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

भारतीय नागरिक

विशेष