News देश

त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक, परीक्षा केन्द्र कहाँ (तालिकासहित)

त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक, परीक्षा केन्द्र कहाँ (तालिकासहित)

काठमाडौं । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७५ सालमा सञ्चालन हुने बीएस्सी वी.टेक (खाद्य प्रविधि) प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । 

 

उक्त परीक्षामा पूरक तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरु सहभागि हुन सक्नेछन् । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । 

 

त्रिविले सार्वजनिक गरेको सूचनाअनुसार काठमाडौं उपत्यकाका विद्यार्थीको हकमा महेन्द्ररत्न क्याम्पस, ताहाचल, विराट मल्टिपल कलेजका विद्यार्थीको हकमा स्नाकोत्तर क्याम्पर बिराटनगर, केन्द्रीय प्रविधि क्याम्पस धरानको हकमा केन्द्रीय क्याम्पस धरान, नागरिक कलेजको हकमा  वीरेन्द्र क्याम्पस, चितवन र पोखरा विज्ञान प्रविधि क्याम्पसको हकमा पृथ्वी नारायण क्याम्पस, पोखरामा परीक्षा केन्द्र तोकिएको छ । 
परीक्षा भदौ १२ देखि असोज ७ गतेसम्म सञ्चालन हुनेछ । 

परीक्षा नियन्त्रण कार्यालय त्रिभुवन विश्व विद्यालय

विशेष