News देश राजनीति

कांग्रेसका सांसदहरू भन्छन् ,‘प्रसाईंलाई कारबाही किन नहुने ?’

कांग्रेसका सांसदहरू भन्छन् ,‘प्रसाईंलाई कारबाही किन नहुने ?’


काठमाडाैं । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंमाथि कारबाही गर्न नेपाली कांग्रेसका सांसदहरूले माग गरेका छन् । सांसदहरूको शुक्रबार बसेको बैठकमा केही सांसदहरूले यस विषयमा गम्भिर देखिनुपर्ने भन्दै आवाज उठाएका छन् ।

 

बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने छात्राहरूको चरित्र हत्या गरेको भन्दै प्रसाईलाई कारबाही गर्न सांसदहरु पुष्पा भुषाल, डिला संग्रौला लगायतले माग गरे । 

 

केहिदिन अघि कानूनमन्त्री शेरबहादुर तामाङले यस्तो अभिव्यक्ति दिँदा पदबाट राजीनामा दिनुपरेको थियो । व्यवसायी प्रसाईलाई कारबाही गरिनुपर्ने विपक्षी सांसदहरूको आशय रहेको छ ।

 

यस विषयमा मन्त्रिपरिषदले छलफल गरेर टुंगो लगाउने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । 
 

दुर्गा प्रसाई

विशेष