News प्रदेश ३

त्रिशुलीमा बस खस्दा ७ जनाको मृत्यु, घाइतेको उपचार हुँदै

त्रिशुलीमा बस खस्दा ७ जनाको मृत्यु, घाइतेको उपचार हुँदै

काठमाडाैं । काठमाडौंबाट पोखराको लागि छुटेको बस त्रिशुलीमा खस्दा ७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । ना६ख २५०६ नम्बरको बस दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल खसेको थियो ।  मृत्यु हुनेमा चार जना पुरुष,  दुई महिला  र एक बालक रहेका छन् ।

 

 मृत्यु हुने मध्ये तीन जनाको सनाखत भएको चितवन प्रहरीले  जानकारी दिएको छ । तनहुँ भानु नगरपालिका ५ का वर्ष २७ का सुनिल श्रेष्ठ,  तनहुँ केशवटारका वर्ष ४० का बाबुराम तिवारी र काठमाडौंका ३० वर्षका रविन गुरुङको  सनाखत भएको हो ।

पाँच जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि अस्पत्ताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ ।

 

अहिले घट्नास्थलमा प्रहरीले उद्धार जारी राखेको छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि त्रिशूलीमा खसेको थियाे । 

 

 

 

 

त्रिशुली

विशेष