News देश

संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित

संसदीय सुनुवाई विशेष समितिको  बैठक स्थगित

काठमाडाैं । संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बोलाइएको बैठक स्थगित भएको छ । 

 

बिहिबार बसेको बैठकले  प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको बस्दै सुनुवाई गरी शुक्रबार निर्णय गर्ने भनिएको थियो । तर जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएको र त्यसबारेमा अध्ययन चलिरहेकाले बैठक स्थगित गरिएको एक सदस्यले जानकारी दिए ।

 

प्रस्तावित जोशीको नाम अनुमोदन गर्ने वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।
 शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको सूचना दिइएको समितिका एक सदस्यले बताए । 
 

दीपकराज जोशी संसदीय सुनुवाई विशेष समिति

विशेष