महँगीकोे विरोधमा नेविसंघका विद्यार्थीको धर्ना
काठमाडौं । उपभोग्य वस्तुमा महँगी भएको भन्दै नेपाल विद्यार्थी संघले बालुवाटारमा विरोध गरेका छन् । नेविसंघका प्राविधिक विद्यार्थी परिषद्ले महँगीको विरोधस्वरुप आज विहान वालुवाटारमा धर्ना दिएको हो ।
नेविसंघका नेता दीपक भट्टराईको नेतृत्वमा विद्याथीहरु विरोधमा उत्रिएका थिए । भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह समेत गरेका छन् ।‘मूल्यवृद्धिले जनता मारमा परेका छन् सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्छ’, उनले भने ।
त्यसै गरि नेविसंघका प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले पनि महँगी र मूल्यवृद्धिका कारण विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको बताए ।
महँगी प्राविधिक विद्यार्थी परिषद्