News स्वास्थ्य

कस्तो तरकारी खानाले रोग मुक्त भइन्छ जानी राखौ  

कस्तो तरकारी खानाले रोग मुक्त भइन्छ जानी राखौ  

काठमाडौं । बजारमा विभिन्न खालका तरकारीहरु प्रशस्त मात्रामा पाइन्छ । तर अचेल खाद्यान्य बस्तुहरुमा विषदीयुक्त बढी मात्रामा पाइने गरेको भेटिन्छ ।

 

मिसावटको युगमा फलफुल तथा हरियो सागसब्जीमा पनि केमीकल मिसाइएको भेटिन्छ । दैनिक जसो उपभोग गर्ने हरेक प्रकारका तरकारीहरुमा विभिन्न किसिमका औषधिय गुण पाइन्छ । हामी स्वस्थ जिवन जिउनलाई हाम्रो खानपानमा विशेष ध्यान दिनुपर्दछ ।

 

त्यसैले हरेक मौसम अनुसारका तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुन्छ । विशेष गरेर हामिले खाने गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ जस्तै फर्सि, भिन्डी, आलु, गोपी आदी । क्यारोटिन शरिर भित्र गएर भिटामिन एमा परिणत हुन्छ ।

 

साधाराणतया हामीले दैनिक रुपमा खाने तरकारीमा कार्बोहाइड्रेटमध्ये माड र सेलुलोज, खनिज पदार्थमा आइरन र क्याल्सियम र भिटामिन ए, बी र सी प्रशस्त मात्रामा पाइन्छ । तरकारीहरुमा कोलेरेस्ट्रोल भने पाईदैन । प्राय जसो तरकारीमा फाईबरको मात्रा अधिक रहेको हुन्छ ।

हरिया तरकारीमा आइरन र क्याल्सियम भिटामिन ए, बी र सी

विशेष