News मुख्य समाचार राजनीति

कांग्रेस खुम्चिएर माइतिघरमा आन्दोलन ग¥यो :प्रधानमन्त्री ओली

कांग्रेस खुम्चिएर माइतिघरमा आन्दोलन ग¥यो :प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस खुम्चँदै खुम्चँदै माइतिघरमा आन्दोलन गर्ने अवस्थामा पुगेको आरोप लगाएका छन् । नेपाल ट्रेड यूनियन महासंघ र अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले सरकारको काममा बाधा पु¥याउनका लागि विभिन्न बहानामा आन्दोलनको षड्यन्त्र रच्दा रच्दै पार्टी नै झन्  खुम्चन पुगेको आरोप लगाएका हुन् ।

 

 ओलीले कम्युनिस्ट सरकारले मुलुकको समृद्धि गर्नेतर्फ लागेकाले नेपाली कांग्रेस आतिएको भन्दै सरकारको कामलाई गलत ढंगले दुष्प्रचार गरी कमजोर बनाउन खोजेको बताए ।माइतीघरमा कांंग्रेसले गरेको आन्दोलनको प्रसंग जोड्दै उनले भने, ‘माइतीघरमा सात वटा बाटा छन् । दुर्घटना हुनसक्छ । सडक जाम हुन्छ, यसो अवसर पारेर दीप प्रज्वलन गर्नेसम्मको काम गर्न सकिन्छ । तर त्यस्तो स्थानमा नै किन विरोध गर्नुप¥यो । संसारभर नै विरोधका लागि स्थान तोकिएको हुन्छ, नेपाल मात्रै त्यस्तो देश जहाँ जसले पनि जुनसुकै स्थानमा विरोध गर्न पाइन्छ’ ।

 

ओलीले काठमाडौँका सडकमा खाल्डा यही सरकारले पारेको र भ्रष्ट्राचार पनि यही सरकारले बढाएको भने जसरी प्रचार भएकोमा आपति जनाउँदै विगतमा मुलुकलाई लुटपाट गर्नेले नै कोकोहोलो मच्चाइरहेको दाबी गरे । कांग्रेसले कम्युनिष्ट सरकारलाई अधिनायकवाद ल्याउन खोजेको भनि आरोप लगाएकाले कहाँ र कसरी ल्यायो, यसको प्रमाण जुटाउन पनि आग्रह गरे  त्यसैगरी  सरकारले तुइनमुक्त  लगायत यातयातको एकाधिकारलाई समाप्ती लगायतका कामहरू गरेको भन्दै अब देशलाई भ्रष्ट्राचार मुक्त बनाई मलुकमा सुशासन कायम गर्नेपनि विश्वास व्यक्त गरे ।

 

कम्युनिष्ट सरकार मजदुरको पक्षमा रहेको भन्दै मजदुरको हितका निम्ति सदैव प्रतिवद्ध रहने पनि बताए । कृषिमा आधुनिकिकरण, यान्त्रीकरण र व्यवसायीकरण गरी जनतालाई आत्मनिर्भर बनाउने लगायत विभिन्न विकास निर्माणका काममा प्रतिवद् भई कार्य गर्नेपनि दाबी गरे । 

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेस

विशेष