रुपन्देहीका इन्जिनियर घुससहित पक्राउ

काठमाडाैं । रुपन्देहीका एक इन्जिनियर घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग लिएको ३६ लाख रुपैयाँ घुससहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले ठाकुरलाई ३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै गर्दा पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए ।