News अपराध सुरक्षा

लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

काठमाडाैं ।  महानगरीय प्रहरी परिसरले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

 

परिसरको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० कपनबाट लागुऔषध झोलामा बोकेर हिँडिरहेको अवस्थामा चितवन घर भएका २८ वर्षीय श्रीराज ढकाललाई शुक्रबार राति पक्राउ गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ ढकालसँग ५१ एम्पुल नुर्फिन, ६४ एम्पुल फेनार्गन, ८५ एम्पुल डाइजेल्याव बरामद गरिएको जानकारी दिए । 

 

पक्राउ ढकाललाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरीवृत्त बौद्ध लगिएको थापाले बताए । 
 

लागुऔषध महानगरीय प्रहरी परिसर

विशेष