News विदेश

भारतमा रोगका कारण ४० गाई मरे

भारतमा रोगका कारण ४० गाई मरे

एजेन्सी । भारतको दिल्लीमा अज्ञात रोगका कारण कम्तीमा ४० ओटा गाई मरेका छन् । स्थानीय प्रहरी अधिकारीहरुले गत दुई दिनको अवधिमा ४० ओटा गाई मरेको शनिबार जानकारी दिएका हुन् ।

 

 दिल्लीको पश्चिमी क्षेत्रमा पर्ने घुम्मानहेरा भन्ने ठाउँमा यसरी ठूलो संख्यामा गाई मरेको समाचारमा जनाइएको छ । यस स्थानमा सन् १९९५ देखि गाईपालन गर्न थालिएको थियो । अहिले झण्डै १४ सय गाई पालिएको गाउँलेहरुले जानकारी दिएका छन् ।

 

गाईपालनका लागि २० जना कामदार राखिएको छ । 

दिल्ली गाई

विशेष