धादिङमा पहिरो खस्दा जीप पुरियो

काठमाडौं । धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो खस्दा जीप पुरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट सडकखण्डमा लु १ ख २३४३ नम्बर जीपलार्इ पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएकाे हो ।
माथिबाट पहिराे खसेकाे चाल नपाउँदा जीप पुरिन पुगेकाे प्रत्यक्षदर्शिले बताए । प्रहरी अहिले घटनास्थलमा पुगेको छ । जीपलार्इ निकाल्ने काम भइरहेकाे छ । कुनै मानवीय क्षति भने भएको छैन ।
धादिङ जीप पुरियो रोराङ गाउँपालिका