घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको मृत्यु

रोल्पा । लगातारको वर्षाका कारण घरमाथिको पर्खाल भत्किँदा च्यापिएर रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला बिकको घरमाथिको पर्खाल भत्किएकाे हाे ।
मृत्यु हुनेमा आगो तापीरहेका सुत्केरी बिक, उनका १८ दिनकी छोरी आयुसा बिक र छिमेकी १५ वर्षीया चित्रा बिक रहेकाे जिल्ला प्रहरी कार्यालय रोल्पाकाले जनाएकाे छ ।
आज बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्कीएर घर पुरिदा १८ दिनको शिशु र १५ वर्षीया छिमेकी चित्राको घटना स्थलमै ज्यान गएको थियो भने सुत्केरी कमलाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ज्यान गएको हाे।
रोल्पा सुत्केरी मृत्यु