News समाज देश

पुल निर्माण कार्यमा ढिलाइ तथा सन्तोषजनक नहुँदा सास्ती

पुल निर्माण कार्यमा ढिलाइ तथा सन्तोषजनक नहुँदा सास्ती

दाङ । पुल निर्माण कतिपय खोलामा ठेकेदारको लापरवाहीका कारण पुलनिर्माणको अवस्था भने लथालिंग रहेको छ । जसमा अधिकांश खोला तथा नदीमा पुल निर्माणको काम भइरहे पनि काम भने सन्तोषजनक छैन । 


पुल निर्माणको सम्झौता भएको वर्षाै बितिसक्दासमेत अहिलेसम्म पुल निर्माणले पूर्णता पाउन नसक्दा आफूहरुले यात्राको क्रममा निकै सास्ती खेप्नुपरेको स्थानीय करवीर पुनले बताए । 

 

जिल्लामा निर्माणाधीन पुल समयमै निर्माण नहुँदा यात्रुलाई समस्या हुने गरेको छ । लमही–तुलसीपुरखण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुरे, पत्रे, संक्राम, ग्वार र कालाखोला गरी १० खोलामध्ये बबई, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वारखोलामा पुल निर्माणको काम भइरहेको छ भने सिस्ने, सेवार, कालाखोलामा अझै पानीमुनिको पुलको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । 

 

जसले गर्दा वर्षायाममा जनताले सास्ती बेहोर्नुपरेको छ । पुल निर्माण भइरहेका खोलामा भरपर्दो डाइभर्सन नहुँदा वर्षात्को समयमा यातायात सञ्चालनमासमेत समस्या हुने गरेको छ । खोलामा भरपर्दाे डाइभर्सन नहुँदा खाल्डाखुल्डी हुने र सवारी साधन चलाउँदा समस्या हुने गरेको छ । 

 

खोलामा पुल निर्माणको लागि पक्की सडक भत्काएको अवस्थामा उपर्युक्त डाईभर्सन नहुँदा सवारीसाधन चलाउँदा समस्या हुने गरेको चालकले बताउने गरेका छन् । वर्षात्को समयमा घोराही–तुलसीपुर वा घोराही–लमही सडकखण्डका खोलामा सवारी साधान चलाउन समस्या हुने गरेको चालक पूर्ण वलीले बताए । 


तर यसतर्फ सडक डिभिजन कार्यालय वा सम्बन्धित ठेकेदारले ध्यान नदिएको नागरिकको गुनासो छ । वर्षाैवर्षसम्म पनि पुल निर्माणको काम नगरी सर्वसाधारण जनतालाई दुःख दिने निर्माण व्यवसायीलाई राज्यले कारबाही गर्नुपर्ने नागरिकको माग छ । 

पुल निर्माण कार्यमा ढिलाइ ठेकेदारको लापरवाहीले निर्माण कार्य लथालिंग

विशेष