News खेल

नेपालले आज लर्ड्स्‌ क्रिकेट मैदानमा दुर्इ टी–२० खेल खेल्दै

नेपालले आज लर्ड्स्‌ क्रिकेट मैदानमा दुर्इ टी–२० खेल खेल्दै

काठमाडाैँ । नेपाली क्रिकेट टिमले आज साँझ बेलायतको प्रतिष्ठित लर्डस् मैदानमा त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत खेल खेल्दैछ । नेपाली समय अनुसार साँझ ६ बजे नेपालले मर्लबोन क्रिकेट क्लब (एमसीसी) सँग पहिलो खेल खेल्दै छ, भने आजै राति १०.१५ बजे नेदरल्याण्ड्ससँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ ।

 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले यी खेललाई टी–२० अन्तर्राष्ट्रियको मान्यता पनि दिएको छ । यो सन् २०१५ पछि नेपालले खेल्न लागेको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हो ।

 

याे खेललगतै नेपाले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नेदरल्याण्ड्स भ्रमणमा निस्कनेछ । नेपालले नेदरल्याण्ड्ससँग १६ र १८ साउनमा दुर्इ एकदिवसीय खेल खेल्न लागेको हो  ।

नेपाली क्रिकेट लर्ड्स्‌ क्रिकेट

विशेष