News मुख्य समाचार

विप्लव नेतृत्वकाे नेकपाका ४० नेता–कार्यकर्ता पक्राउ, ७ जनाविरुद्ध सार्वजनिक मुद्दा

विप्लव नेतृत्वकाे नेकपाका ४० नेता–कार्यकर्ता पक्राउ, ७ जनाविरुद्ध सार्वजनिक मुद्दा

काठमाडौं । नेत्रबिक्र चन्द (विप्लव) नेतृत्वकाे  नेपाल कम्युनिस्ट पार्टीका ४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।  काठमाडौं प्रहरी परिसरले उनीहरूलाई नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरेकाे हो ।

 

पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरलले नेपालअाजलार्इ जानकारी दिए ।

 

एसएसपी पोखरलका अनुसार विलप्व नेतृत्वकाे नेकपा नेता एवं पूर्वमन्त्री पदम राई,पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको हो ।

 

उपाध्यायमाथि यसअघि ललितपुरस्थित अयोधिप्रसाद यादवको घरमा बम पड्काएको समेत आरोप छ । जनतामा भय र त्रास सिर्जना गर्ने गतिविधिमा आइन्दा संलग्न नहुने वाचापछि अन्यलाई छाडिएको एसएसपी पोखरेलले बताए ।

विप्लव पक्राउ ४० नेता–कार्यकर्ता एसएसपी विश्वराज पोखरल

विशेष