News समाज देश

कामदार नरोक्न मलेसियाको आग्रह

कामदार नरोक्न मलेसियाको आग्रह

मलेसियाली सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफुलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोज्ने जनाएको छ । 

 

मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनी खडा गरी पुर्वर्ती सरकारले चर्को आर्थिक असुली गर्नेलगायतका निर्णय गरेको उल्लेख गर्दै त्यसलाई रोक्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

 

मलेसियाले नेपाली कामदारको भिसा प्रोसेसिङलगायतमा चर्को रकम असुल्ने निजी कम्पनीलाई हटाई सीधा सरकार - सरकारबीच मात्र गर्ने गरी नीतिगत फेरबदल गर्न सक्ने संकेत गरेका छन् । - कान्तिपुर दैनिकबाट । 

मलेसियाली सरकार

विशेष