टी-२० इन्टरनेशनल सिरिज : अाज नेपाल भर्सेस नेदरल्याण्ड्स

टी-२० इन्टरनेशनल सिरिज : अाज नेपाल भर्सेस नेदरल्याण्ड्स

फार्इल तस्वीर 

काठमाडौँ । तीन वर्षपछि टी-२० इन्टरनेशनल स्ट्याटस भएको क्रिकेट म्याच खेल्न लागेको नेपाली राष्ट्रिय टिमले आज लर्ड्समा नेदरल्याण्ड्सँग खेल्दैछ।

 

टी-२० इन्टरनेशनलको मान्यता पाएपछि नेपालले पहिलोपटक टी-२० म्याच खेल्न लागेको हो।क्रिकेटको मक्का मानिने बेलायतको लर्ड्स् मैदानमा आइतबार मेरिलोबोन क्रिकेट क्लब (एमसीसी), नेपाल र नेदरल्याण्ड्सबीच ट्राई सिरिज हुँदैछ र त्यसमा नेपाल र नेदरल्याण्ड्सबीको खेलले टी-२० इन्टरनेशनल स्ट्याटस पाउनेछ।

 

सन् २०१४ मा पहिलोपटक आइसीसी टी-२० विश्वकप खेलेपछि टी-२० इन्टरनेशनलको मान्यता पाएको नेपालले ३ वर्षपछि पुन: टी-२० इन्टरनेशनल म्याच खेल्न लागेको हो।

 

सन् २०१४ को टी-२० विश्वकपमा हङकङविरुद्धको खेल नेपालको लागि पहिलो टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल थियो।

 

नेपालले पछिल्लो पटक सन् २०१५ जुलाईमा नेदरल्याण्ड्समा भएको आइसीसी टी-२० वर्ल्डकप क्वालिफायरमा टी-२० इन्टरनेशनल क्रिकेट खेलेको थियो।

 

अहिलेसम्म कूल ११ टी-२० इन्टरनेशनल म्याच खेलिसकेको नेपालले डच टोलीसँग सर्वाधिक ४ टी-२० खेलेको छ।सन् २०१५ मा टी-२० वर्ल्डकप क्वालिफायरअघि नेपालले नेदरल्याण्ड्ससँग ४ खेलको टी-२० इन्टरनेशनल सिरिज खेलेको थियो।

 

जसमा सुरुको तीन खेल डच टोलीले जितेको थियो भने चौथो खेलमा नेपालले सान्तवना जित हासिल गरेको थियो।


नेपाल टुर अफ नेदरल्याण्ड्स २०१५

जुन ३० : नेपाल vs नेदरल्याण्ड्स - नेदरल्याण्ड्स १८ रनले विजयी

जुलाई १ : नेपाल vs नेदरल्याण्ड्स - नेदरल्याण्ड्स १०३ रनले विजयी

जुलाई २ : नेपाल vs नेदरल्याण्ड्स - नेदरल्याण्ड्स १८ रनले विजयी

जुलाई ३ : नेपाल vs नेदरल्याण्ड्स - नेपाल ३ विकेटले विजयी


नेपाली टोली:

पारस खड्का कप्तान (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अनिल कुमार शाह, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित सिंह भण्डारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, रोहित कुमार पौडेल, सोमपाल कामी, सुवास खकुरेल, शरद भेषवाकर, सन्दीप लामिछाने, शक्ति प्रसाद गौचन


खेल तालिका स्थानीय समय अनुसार

संम्बधित खबर

विशेष