News देश राजनीति

संसदीय सुनुवाइ समितिको बैठक सोमबार मात्र बस्ने

संसदीय सुनुवाइ समितिको बैठक सोमबार मात्र बस्ने

काठमाडाैं । संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्ने भएको छ । प्रधानन्याधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको भएपनि सांसदहरू पुष्पा भुषाल र जीतेन्द्रै देव अनुपश्थित भएकाले र आवश्यक छलफल गर्न बाँकी भएकाले बैठक सोमबारको लागि सारिएको एक सांसादले जानकारी दिए ।

 

संसदीय सुनुवाई समितिको बैठक शुक्रबार स्थगित गरी आइतबारको लागि बस्ने भनिएको थियो । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो ।भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो ।

 

संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् । 
 

संसदीय सुनुवाइ समिति दीपकराज जोशी

विशेष