News समाज

प्रहरीद्वारा घरेलु मदिरा बरामद

प्रहरीद्वारा घरेलु मदिरा बरामद

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेँशीसहरबाट घरेलु मदिरा जफत गरेको छ । जसमा पाँच ग्यालिन बढि घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ प्रहरीले जफत गरेकाे हाे । ्

 

यादवले अधिकांश घट्ना मदिराकै कारणबाट भएकोले मदिराजन्य पदार्थ बिक्रि वितरणमा विशेष नियन्त्रण थालिएको बताए । प्रहरीले शुरु गरेको ‘टोलटोलमा प्रहरी अभियान’ मा विशेषगरी अवैध मदिरा नियन्त्रणलाई प्राथमिकता दिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

 

अवैध घरेलु मदिराको विक्रि वितरणमा नियन्त्रणको क्रममा सुन्दरबजार, मध्यनेपाललगायतका स्थानबाट पनि ठूलो मात्रामा घरेलु मदिरा जफत गरी नष्ट गरेको स्रोतले जनाएको छ ।

 

साथै गस्तीका क्रममा बरामद गरिएका मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा नष्ट गर्ने प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा खुलेआमरुपमा बिक्री भइरहेको पाइएपछि लमजुङ प्रहरीले अभियानको रुपमा कडाई गरेको हो । 
 
 

लमजुङ घरेलु मदिरा

विशेष