News राजनीति

दलगत स्वार्थको रुपमा आन्दोलन नगर्न विवेकशील साझाकाे आग्रह

दलगत स्वार्थको रुपमा आन्दोलन नगर्न विवेकशील साझाकाे आग्रह

काठमाडाै‌ । विवेशकशील साझा पार्टीले डा. गोविन्द  केसीले उठाएको चिकित्सा शिक्षा सुधार विषयलाई विभिन्न राजनीति दलका पार्टीहरूले व्यक्तिगत स्वार्थको रुपमा प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ ।

 

डा. केसीको माग राष्ट्रिय हितमा रहेपनि केही दलले दलगत स्वार्थमा प्रयोग गरेकाले स्वार्थपूर्तीको लागिमात्र प्रयोग नगर्न आग्रह  गरेको हो । उक्त पार्टीले वार्ता र सहमतिको लागि कुनै अडान नलिएको पार्टीको व्यानर लिएर सडकमा नउत्रिएको हुनाले स्वार्थमा पार्टीले कुनै काम नगरेको अभियान विभागका सदस्य ओमप्रकाश अर्यालले दाबी गरे । 

 

सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सकडमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो । 

 

सरकार र डा केसीबीच गत बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्नुपर्नेलगायत विभिन्न नौ बुँदे सहमतिपछि केसीले २७ औं दिनको अनसन तोडेका थिए । सहमति पश्चात पनि विपक्षी पार्टीहरूले भने कार्यान्वयनमा जोड दिनका लागि सरकारलाई दबाब दिएका छन् ।   
 

विवेशकशील साझा पार्टी

विशेष