News प्रदेश ३

रसुवाको घट्टेखोलामा आउजाउ बन्द

रसुवाको घट्टेखोलामा आउजाउ बन्द

रसुवा । रसुवागढी राजमार्गको घट्टेखोलामा सवारीसाधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आइतबारदेखि अध्ययन कार्य सुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पु¥याएको स्थानीयवासीले बताए । 

सवारीसाधन नगुडेपछि भन्सार राजस्वमा दैनिक १ करोड घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ । चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ भन्नेबारे चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताए ।     

रसुवागढी राजमार्ग

विशेष