News फोटो

साउनको दोस्रो हप्ताको सोमबार पशुपतिमा भक्तजनको घुइँचो (फोटो फिचर)

साउनको दोस्रो हप्ताको सोमबार पशुपतिमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडाैँ । हिन्दु धर्ममा आस्था राख्नेहरूका लागि साउन महिना विशेष महिनाको रूपमा लिने गरिन्छ । यो महिनालाई हरियो महिनाको रूपमा लिइन्छ । श्रद्धालु भक्तजनहरू साउनभर नजिकको महादेव रहेको तीर्थस्थलहरूमा जाने गर्दछन् । 


पशुपतिनाथ मन्दिरमा साउन महिनाको हरेक सोमबार भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । श्रद्धालु भक्तजनहरू भगवान् शिवको पूजा आराधना र उपासना गर्न सोमबारका दिन व्यस्त रहने गरेका छन् ।

 

साउने सोमबार भगवान् शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ  । साउनको दोस्रो हप्ताको सोमबार अर्थात् आज पनि बिहानैदेखि श्रद्धालु भक्तजनहरू पशुपतिनाथको दर्शनार्थ लामबद्ध भएका थिए । 

 

यो वर्ष पनि गत वर्षझैँ  साउन महिनामा चार वटा सोमबार परेको छ । अघिल्लो सोमबारभन्दा आज सोमबारका दिन श्रद्धालु भक्तजनहरू पशुपतिनाथको दर्शन गर्न कम आएको पशुपति विकास कोषका एक कार्मचारीको भनाइ छ । 
     


 

 

पशुपति पशुपति विकास कोष

विशेष