प्रदेशका मन्त्रीले राेके लाइसेन्स वितरणकाे काम
जनकपुर । देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र लाईसेन्स का लागि अनलाईनबाट फारम भर्ने काम आईतवार सुरु भएको छ ।
यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनरको माैखिक आदेशमा लाईसेन्सका लागि अनलाईन आवेदन रोकिएको छ ।
गत असारमा स्थगन भएको अनलाईन आवेदन यातायात व्यवस्था विभागले आईतबार एक महिनापछि खुलाएको थियो ।