माछा मार्ने क्रममा डुबेर मृत्यु

काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर उनको मृत्यु भएको हो ।
सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतबार साँझ माछा मार्ने क्रममा एक्कासि नदीको भंगालोमा खसेर बलको मृत्यु भएको हो ।
राप्ती नदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा डुबेर तथा गोहीलगायत वन्यजन्तुको आक्रमणबाट समेत मानिसको ज्यान जाने गरेको छ । उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।