News

आज पशुपति दर्शनका लागि भक्तजनको भीड

आज पशुपति दर्शनका लागि भक्तजनको भीड

काठमाडौँ । आज चन्द्रमासअनुसार श्रावण मास लागेपछिको पहिलो सोमबार भएकाले बोल बम यात्री एवं भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

 


बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ ।

 

 दर्शन गर्ने भक्तजन जुन ढोकाबाट छिरेको हो त्यसैबाट निस्कने गरी लाम एकदमै व्यवस्थित गरिएकोले आधा घण्टामै दर्शन गरी फर्कन सकिन्छ । विशेष पूजा गर्ने र सुन्दरीजललगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने बोल बम यात्रीलाई छुट्टै लामको व्यवस्था गरिएको छ । 

 


साउनको सोमबार भगवान् शिवलाई जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । आज मध्याह्न १२ः१५ बजेसम्म दुई लाख बढी भक्तजनले मूल मन्दिरभित्रै छिरेर पूजा एवं दर्शन गरेको कोषले जनाएको छ ।

काठमाडौं पशुपतिनाथ मन्दिर

विशेष