News खेल

स्वीडेन र स्विट्जरल्यान्डलार्इ वर्षाैँपछि अवसर, कसले फेर्ला त इतिहास ?

स्वीडेन र  स्विट्जरल्यान्डलार्इ वर्षाैँपछि अवसर, कसले  फेर्ला त इतिहास ?

काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत प्री- क्वाटर फाइनलमा अाजकाे पहिलाे खेल स्वीडेन र स्वीट्जरल्याण्डबीच हुँदैछ । नेपाली समयानुसार ७ः४५ बजे रसियाकाे सेन्ट पिटर्सवर्ग रंगशालामा स्वीडेन र स्वीट्जरल्याण्ड क्वाटरफाइनल प्रवेशसँगै विश्वकपमा आफ्नो नयाँ इतिहास लेख्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछन् ।

 

स्वीडेनले विश्वकपको अन्तिम आठमा स्थान बनाएको २४ वर्ष भइसकेको छ । यस्तै स्वीट्जरल्याण्ड क्वाटरफाइनलमा नपुगेको ६४ वर्ष भइसकेको छ। आजको खेलमा दुबै टोलीले यस इतिहासलाई परिवर्तन गर्न कुनै कसर बाँकी राख्ने छैनन्। जसले खेललार्इ राेमाञ्चक बनाउने अनुमान गरिएकाे छ । 

 

जारी विश्वकपको समूह चरणमा दुबै टोलीले गतिलो प्रदर्शन गरेका थिए। आज पनि त्यही प्रदर्शनलाई निरन्तरता दिने चुनौती छ । यसपाली समूहचरणमा स्वीडेनले मेक्सिकोमाथि सनसनीपूर्ण विजय हासिल गरेर अन्तिम १६ मा आफूलाई अटाएको हो। स्वीस टोलीले पनि नाटकीयरूपमा सर्वियालाई हराउँदै आफ्नो स्थान सुरक्षित गर्न सफल भएकाे थियाे।

 

म्याच फ्याक्ट्स 

स्वीडेन समूह ‘एफ’को विजेता र स्विट्जरल्यान्ड ‘ई’को उपविजेता टोलीको हैसियतमा प्रतियोगिताको अन्तिम १६ मा पुगेका हुन् । समूहगत चरणको खेलमा स्वीडेनले दुईमा जित र एकमा पराजय बेहोर्दा स्विट्जरल्यान्डले भने एकमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।

 


स्वीडेनले समूहगत चरणको तीन खेलमा विपक्षीविरुद्ध पाँच गोल गर्दा दुई गोल बेहोरेको छ । स्विट्जरल्यान्डले पनि विपक्षीविरुद्ध पाँचै गोल गरेको छ तर चार गोल बेहोरेको पनि छ ।

 

यो विश्वकपमा ऊ कुनै पनि खेलमा गोलबिहिन बनेको छैन। गएको अक्टोबरमा पोर्चुगलसँग पराजित भए बाहेक पछिल्लो दुई वर्षदेखि स्वीजरल्यान्डको नतिजा खराब छैन्।

 

स्वीडेन र स्वीजरल्यान्ड पछिल्लो ९८ वर्षमा एकअर्कासँग २९ पटक आमनेसामने भएका छन्, जसमा स्वीजरल्यान्डले ११ खेलमा जीत हासिल गरेको छ भने १० खेल स्वीडेनले बाजी बारेकाे छ । ८ खेल बराबरी सकिएका छन् । तर अन्तराष्ट्रिय टुर्नामेन्टमा यी दुबै कहिल्यै एकअर्कासँग भिडेका छैनन्। 

स्विट्जरल्यान्ड विश्वकप फुटबल स्वीडेन

विशेष