News राजनीति प्रदेश ३ मुख्य समाचार

पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्ः सरकार त सामन्ती र शोषक रहेछ

पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्ः सरकार त सामन्ती र शोषक रहेछ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बाम गठबन्धनको सरकार सामान्ती र शोषक बनिरहेको बताएकी छन् । मंगलबार काठमाडौंमा डा. गोविन्द केसीका समर्थकहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एउटा व्यक्ति आफ्नो परिवारलाई नभएर गरिब र दूर दराजका जनताको लागि लड्छ भने त्यस्तो व्यक्तिको विरोध गरी सरकार व्यापारी र मुनाफा कमाउनेको पक्षमा लागेको बताएकी छन् । 

 

उनले भनिन् ‘गोविन्द केसी गरिबका छोराछोरी र दूर दराजका जनताको लागि लडेका छन् । के यो नाजाय हो ?  यदि माथेमा प्रतिवेदन विपरीत व्यापारी र मुनाफामुखि चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्दै हुनुन्छ भने तपार्इ सामान्ती र शोसक हो।’

 

पत्रकार सम्मेलनमा बोल्दै डा. केदारभक्त माथेमाले चिकित्सा शिक्षाको गुणस्तर पहुँचको कुरालाई वैज्ञानिक रुपमा उठाएर आफूहरुले प्रतिवेदन तयार पारेको समेत बताए। काठमाडौंमा धेरै मेडिकल कलेजहरु भएकाले १० वर्ष सम्म यहाँ नयाँ कलेज खोल्न नहुने, क्षेत्रीय सन्तुलन मिलाउन पनि उपत्यका बाहिर मेडिकल कलेज खोल्नु पर्ने जस्ता कुरा प्रतिवेदनमा उठाइएको उनले बताए । 

सरकार शोसक

विशेष