News स्वास्थ्य समाज

स्वास्थ्यचौकी निर्माण पछि नागरिकले स्तरीय सेवा प्रदान गर्दै 

स्वास्थ्यचौकी निर्माण पछि नागरिकले स्तरीय सेवा प्रदान गर्दै 

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारस्थित समुद्रटार स्वास्थ्यचौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।

 

सुविधासम्पन्न भवनको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले उद्घाटन गर्नुभएको हो । सरकारको दुई करोडको लागतमा नयाँ भवन बनेको छ । 

 

स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भई सेवा पनि शुरु भएकाले अब पहिलेभन्दा अझै स्तरीय स्वास्थ्य सेवा नागरिकले पाउने बताउँदै तामाङले स्वास्थ्यचौकीलाई थप व्यवस्थित बनाउन र आवश्यक थप संरचना निर्माणका लागि रु. ३० लाख गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च गर्न लागेको जानकारी दिए ।

 

स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीयवासी होमबहादुर डंगोल र मेनुका डंगोलले तीन रोपनी, मधुसूदन आचार्य र राधादेवी आचार्यले दुई रोपनी जग्गा दान गरेका थिए ।
 

स्वास्थ्यचौकी दुई करोड नयाँ भवन निर्माण

विशेष