News स्वास्थ्य

सांसदले गराए विधेयक संशोधन दर्ता

सांसदले गराए विधेयक संशोधन दर्ता

काठमाडाैं । ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराउने क्रम चलेको छ । डा. गोविन्द केसी र सरकारको सहमति भएअनुसार विधेयक संशोधन गर्न लागिएको जनाइएको छ । 

 

प्रतिनिधिसभाको यही गत आइतबारे बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ । प्रतिनिधिसभा, विधेयक शाखाका अनुसार पहिलो संशोधन सांसद अनिलकुमार झाले दर्ता गराएका छन् ।

 

यसैगरी संशोधन दर्ता गराउनेमा गंगा चौधरी, लक्ष्मी चौधरी र आशाकुमारी विक, भरतकुमार शाह, सञ्जयकुमार गौतम, दिलेन्द्रप्रसाद बडू र गगनकुमार थापा देवप्रसाद गुरुङ, शान्ता चौधरी, कृष्णभक्त पोखरेल, तिलबहादुर महत क्षेत्री, विमला विक र पुष्पकुमारी कर्ण कायस्थले लगायतले संशोधन दर्ता गराएका छन् । 
 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक,

विशेष