News देश राजनीति

जनताको बलिदानपूर्ण संघर्षलाई सरकारले सम्मान गर्नुपर्ने 

जनताको बलिदानपूर्ण संघर्षलाई सरकारले सम्मान गर्नुपर्ने 

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले वर्तमान सरकारले संविधानको मर्यादा पालना नगरेको आरोप लगाएको छ । 

 

जिल्ला पार्टीले मंगलबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानको सम्मान गर्न सरकारलाई आग्रह गरे । 

 

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले बढ्दो महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे । 

 

काँग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले सरकारले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस कसैसँग सम्झौता नगर्ने उल्लेख गरे ।
 

नेपाली काँग्रेस संविधान जीवन परियार

विशेष