सरकार जनताकाे पक्षमा हुनुपर्छ : डा .रिजाल
काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य डा मीनेन्द्र रिजालले सरकार जनताकाे पक्षमा हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति मोरङद्वारा आज यहाँ आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले जनताका मतबाट बनेका वर्तमान सरकार जनमुखी हुनुपर्ने स्पष्ट पारे ।
डा. रिजालले जनताको जीवनस्तर सुधार्न र विकासको योजना पार्नुपर्ने भन्दैवर्तमान सरकारलाई सुझाव समेत दिए । सोही अवसरमा काँग्रेसका केन्द्रिय सदस्यत्रय अमृत अर्याल, डिला संग्रौला र हसन अन्सारीले जनता महँगीका मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
स्थानीय वीरेन्द्र सभागृहबाट निस्किएको विरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै महेन्द्र चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
डा मीनेन्द्र रिजाल