News समाज

सर्पको डसाइबाट बालकको मृत्यु

सर्पको डसाइबाट बालकको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासमा सर्पको डसाइबाट एउटा बालकको मृत्यु भएको छ । पश्चिम नेपालको कैलाली जिल्लाको अत्तरिया घर भई आफन्तको आश्रयमा बर्दिवास–१४ स्थित सिद्धार्थ आवासीय विद्यालयमा युकेजीमा अध्ययनरत आठ वर्षीय बालक दशरथ ऐरको मंगलबार सर्पको डसाइबाट ज्यान गएको हो । 

 

विद्यालयको छात्रावासमा सुतेकै बेला सर्पले डसेको ऐरलाई आज बिहान मात्र सर्पदंश उपचार केन्द्र बर्दिवास पु¥याइएको थियो । केन्द्रमा पु¥याइँदा नै प्राविधिकले बालक जीवित नरहेको बताएका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । 

महोत्तरी सर्पको डसाइ बालकको मृत्यु

विशेष