News मुख्य समाचार प्रदेश ६

कर्णालीका चिकित्सक डा. केसीको समर्थनमाः सबै अस्पतालमा अाकस्मिक बाहेककाे सेवा ठप्प

कर्णालीका चिकित्सक डा. केसीको समर्थनमाः सबै अस्पतालमा अाकस्मिक बाहेककाे सेवा ठप्प

जम्ला । जुम्लामा अामरण अनशनरत डा. गोविन्द केसीको मागप्रति एक्वेबद्धता जनाउँदै कर्णालीका चिकित्सकहरू आन्दोलित भएका छन्। डा. केसीको जीवन रक्षाको माग गर्दै कर्णालीकर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सकहरूले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।

 

चिकित्सकहरू आन्दोलित भएपछि कर्णाली प्रदेशका दुई दर्जनभन्दा बढी स्वास्थ्य संस्थाको आकस्मिकबाहेकको सेवा प्रभावित भएको छ । नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले मंगलबार विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिकबाहेका सबै स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेसँगै यहाँका स्वास्थ्य संस्थाहरूको सेवा अवरुद्ध भएको छ । 

 

संघका उपाध्यक्ष डा. प्रविणकुमार गिरीद्धारा जारी विज्ञप्तिमा जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा अनसनरत डा. केसीको जीवनरक्षाका लागि सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्नका लागि दिइएको २४ घण्टे अल्टिमेटमलाई स्थानीय प्रशासनले वेवास्ता गरेपछि स्वास्थ्य सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिनुपरेको उल्लेख गरिएकाे छ । 

 

कर्णालीमा एउटा क्षेत्रीय अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, अन्य सरकारी अस्पताल दुई वटा, दस वटा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र १४ वटासहित २८ वटा स्वास्थ्य संस्था रहेका छन् । ति सबै स्वास्थ्य संस्थाको सेवा प्रभावित भएको छ ।

डा. गोविन्द केसी कर्णालीका चिकित्सक

विशेष