न्यायपरिषद्का पदाधिकारीलाई कारबाही गर्नुपर्छ : पौडेल
काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायपरिषद्का पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
तनहुँमा आयोजित सभालाई सम्बेधान गर्दै नेता पौडेलले प्रस्तावित प्रधानन्यायाधीशश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र नक्कली नै भएको भए सिफारिस गर्नु नै गल्ती भएको भन्ने किसिमको आशय व्यक्त गर्दै यस्तो भएमा कारबाही गर्नुपर्ने बताएका हुन् । नेता पौडेलले सरकारको यही किसिमको व्यवहार रहेमा पार्टील् निर्णायक आन्दोलन गर्ने भन्दै वर्तमान सरकारलाई चेतावनी समेत दिएका छन् ।
यसैबीच बहुमतको आडमा कम्यनिष्ट सरकारल लोकतन्त्रको स्थायीत्व, समृद्ध नेपाल र जनताको भावना विपरित काम गरेको भन्दै काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आरोप लगाए । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले सरकार संसदलाई नै बन्धक बनाएर एकाधिकार तरिकाले चल्न थालेको आरोप लगाए ।
पार्टी कार्यालयबाट निस्केको विशाल ¥यालीले बजार परिक्रमा गर्दै दमौलीको अनशन चौतारीमा सभामा परिणत भएको थियो ।