News राजनीति

अपराधीको सञ्जाल तोडिने गरी काम गर्नुस् : गृहमन्त्री बादल

अपराधीको सञ्जाल तोडिने गरी काम गर्नुस् : गृहमन्त्री बादल

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराधीहरूको सञ्जाल  तोडिने गरी मिसनलाई अगाडि बढाउन प्रशासनलाई निर्देशन दिएका छन् । चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे मंगलबार गृह मन्त्रालयमा आयोजित समीक्षा बैठकमा बोल्दै थापाले भने‘ अहिले हामी सक्रिय भएपछि अपराधीहरू निष्कृय जस्तो देखिएका छन्, मौका मिल्ने बित्तिकै उनिहरु फेरि सक्रिय हुन्छन्,’ उनले भने, ‘त्यसैले उनीहरुको सञ्जाल तोडिनेगरी काम गर्नुहोस् ।’

 

गृहमन्त्री थापाले देशमा शान्ती तथा स्थाइन्त कायम गर्नका लागि मन्त्रालयले दिएको जिम्मेवारीअनुसार प्रतिवद्व भई काम गर्नका लागि मातहतका निकायहरुलई निर्देशन दिए ।गृह मन्त्रालय र अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न र दु्रत गतिमा काम सञ्चालन गर्न आग्रह गरे । प्राविधिक कारबस काममा ढिलासुस्ती हुनु अर्कै कुरा भएपनि जानिजानि कामलाई हेलचक्र्याँई गर्नेलाई आवश्यक कारबाही समेत गर्ने दाबी गरे । उनले यो अवधिमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य, सुन तस्करी लगायतका क्षेत्रमा बेथिति अन्य गर्न सफलता मिलेको भन्दै यसका लागि मातहतका कर्मचारी र प्रहरीहरुलाई धन्यवाद दिए ।

 

कार्यक्रममा गृह मन्त्रालयमा सचिव प्रेमकुमार राईले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिईने स्ष्पट पारे ।बैठकमा गृह मन्त्रालय अन्तर्गतका महाशाखा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभागले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना अनुरुप आफूहरुले हालसम्म गरेका कामकारवहीको विवरण प्रस्तुत गरेका थिए ।८२ बुँदे मध्ये ७२ ओटा बुँदा केही कार्यान्वयनमा आईसकेको, केही कार्यान्वयनको प्रक्रियामा रहेको तथा १० बुँदा भने अझै काम सुरु नभएको विवरण बैठकमा प्रस्तुत गरीएको थियो ।
 

गृहमन्त्री रामबहादुर थापा ‘बादल

विशेष