स्विट्जरल्यान्डविरूद्ध स्वीडेनकाे पहिलाे अग्रता
काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत प्री- क्वाटर फाइनलमा अाजकाे पहिलाे खेलमा स्वीडेनले स्वीट्जरल्याण्डविरूद्ध १–० काे अग्रता लिएकाे छ ।
खेलकाे ६६ अाैँ मिनेटमा एमिल फाेर्सवर्गले गाेल गर्दै स्वीडेनलार्इ अग्रता दिलाएका हुन् ।
स्वीडेनले विश्वकपको अन्तिम आठमा स्थान बनाएको २४ वर्ष भइसकेको छ । यस्तै स्वीट्जरल्याण्ड क्वाटरफाइनलमा नपुगेको ६४ वर्ष भइसकेको छ ।
जारी विश्वकपको समूह चरणमा दुबै टोलीले गतिलो प्रदर्शन गरेका थिए । यसपाली समूहचरणमा स्वीडेनले मेक्सिकोमाथि सनसनीपूर्ण विजय हासिल गरेर अन्तिम १६ मा आफूलाई अटाएको हो । स्वीस टोलीले पनि नाटकीयरूपमा सर्वियालाई हराउँदै आफ्नो स्थान सुरक्षित गर्न सफल भएकाे थियाे ।
म्याच फ्याक्ट्स
स्वीडेन समूह ‘एफ’को विजेता र स्विट्जरल्यान्ड ‘ई’को उपविजेता टोलीको हैसियतमा प्रतियोगिताको अन्तिम १६ मा पुगेका हुन् । समूहगत चरणको खेलमा स्वीडेनले दुईमा जित र एकमा पराजय बेहोर्दा स्विट्जरल्यान्डले भने एकमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।
स्वीडेनले समूहगत चरणको तीन खेलमा विपक्षीविरुद्ध पाँच गोल गर्दा दुई गोल बेहोरेको छ । स्विट्जरल्यान्डले पनि विपक्षीविरुद्ध पाँचै गोल गरेको छ तर चार गोल बेहोरेको पनि छ ।
यो विश्वकपमा ऊ कुनै पनि खेलमा गोलबिहिन बनेको छैन। गएको अक्टोबरमा पोर्चुगलसँग पराजित भए बाहेक पछिल्लो दुई वर्षदेखि स्वीजरल्यान्डको नतिजा खराब छैन्।
स्वीडेन र स्वीजरल्यान्ड पछिल्लो ९८ वर्षमा एकअर्कासँग २९ पटक आमनेसामने भएका छन्, जसमा स्वीजरल्यान्डले ११ खेलमा जीत हासिल गरेको छ भने १० खेल स्वीडेनले बाजी बारेकाे छ । ८ खेल बराबरी सकिएका छन् । तर अन्तराष्ट्रिय टुर्नामेन्टमा यी दुबै कहिल्यै एकअर्कासँग भिडेका छैनन्।
स्वीडेन स्विट्जरल्यान्ड