News समाज

महोत्तरीमा साउने १५ पर्व मनाइँदै

महोत्तरीमा साउने १५ पर्व मनाइँदै

महोत्तरी । बर्दिवास जिल्लाको उत्तरी क्षेत्रमा आज साउने १५ पर्व मनाइँदै छ । साउन १५ मा नेपालीहरुले आफ्नो रोपाइँ कार्य सकेर खिर खाने चलन रहेको छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा आज बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको छ । 

 


प्छिल्लो समयमा पशुपालन गर्ने किसानहरुको संख्या घटेसंगै दुधको आबश्यकता डेरीहरुले धान्दै आएका छन् । अहिले डेरी सञ्चालक र डिलरलाई दूध बिक्री गर्न भ्याइनभ्याइ भएको बर्दिवास–१ स्थित ओमशान्ति डेरीका सञ्चालक पुरुषोत्तम भट्टराईले बताएका छन् । आज अन्य दिनको तुलनामा दूधको माग पाँच गुणाले बढेको उनको भनाइ छ । 

 

 

बर्दिवास–६ स्थित राधाकृष्ण डेरीका सञ्चालक प्रमोद यादवले भने अन्य दिनहरुमा २०० लिटर सम्म दूध खपत हुन्थ्यो तर आज भने १ हजार लिटर दूधको माग बढि हुन आएको बताउछन् । 

 

 

साउने १५ पर्वमा बिबाहित चेलीवेटीलाई माइत बोलाउने चलन छ । मौसमअनुकूल रहँदा साउन १५ सम्म धान रोपाइँ सकिने भएकाले यस पर्वमा पानीमा भिजेर काम गर्दा हुने चिसो र हिलोबाट पर्ने असर हटाउन खिर खाने चलन छ । 
 

महोत्तरी

विशेष