News राजनीति

सरकार विरुद्ध संघर्षमा उत्रने विप्लवको चेतावनी

सरकार विरुद्ध संघर्षमा उत्रने विप्लवको चेतावनी

काठमाडाैं । सरकारले विना कारण  नेता तथा कार्यकर्तालाई धरकपड गरेको र दुःख दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आपत्ति जनाएका छन् ।

 

मगंलबार एक विज्ञप्ति जारी गर्दै सरकारले संविधान विपरीत र सशस्त्र द्वन्द्वमा जस्तै आफ्ना नेता कार्यकर्तालाई दुख दिने तथा वेपत्ता पार्ने जस्ता गैरकानूनी कार्यहरू गरेको भन्दै विरोध जनाएका हुन् । पार्टीका पोलिट्ब्युरो सदस्यहरू पदम राई र ओम पुनसहित दर्जनौँ नेता तथा कार्यकार्ताहरूलाई झुटो मुद्धामा जेल राखिएकोमा सरकारप्रति खेद प्रकट गर्दै उनीहरूलाई विनासर्त रिहा गर्न अनुरोध गरेका छन् ।

 

साउन १० गते विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यहरू कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई नागढुङ्गाबाट पक्राउ गरी तीन दिन वेपत्ता पारेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । नेकपाको सरकार कु्र भएको भन्दै यसरी नेता तथा कार्यकर्तालाई दुःख नदिन सरकारलाई आग्रह गरेका छन् ।

 

यद्यपी सरकारविरुद्ध पार्टी आन्दोलनमा उत्रेर संघर्ष गर्नेभन्दै चुनौती समेत दिएका छन् । 

नेत्रविक्रम चन्द ‘विप्लव’

विशेष